जेनजी घटनापछि पहिलो पटक सार्वजनिक रुपमा देखिए देउवा, कांग्रेस बैठकमा सहभागिता
काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन देउवा सानेपा पुगेका हुन् । २४ भदौमा बुढानीलकण्ठमा आन्दोलनकारीसँगको झडपमा परेपछि उनी पहिलोपटक सार्वजनिक रूपमा देखिएका हुन् ।
उक्त दिन देउवा र उनकी पत्नी आरजु राणा देउवालाई नेपाली सेनाले उद्धार गरेको थियो । हेलिकप्टरबाट उद्दार प्रयास असफल भएपछि उनीहरूलाई स्थलमार्गबाट अस्पताल लगिएको थियो ।















