कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । सभापति शेरबहादुर देउवाको सम्बोधनपछि बैठक स्थगित गरिएको हो ।
बैठक असोज ३० गते बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको कांग्रेसले जनाएको छ । बैठकमा देउवाले पछिल्ला राजनीतिक परिस्थितिबारे धारणा राखेका थिए । अब कार्यसूची अनुसारको छलफल आगामी बैठकमा हुने बताइएको छ ।














