१ कार्तिक २०८३, आइतबार

विदेश जाने तयारीमा देउवा, खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी



काठमाडौं । नेपाली कांग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले खड्कालाई जिम्मेवारी दिने निर्णय गरेको हो । सभापति शेर बहादुर देउवा निकट भविष्यमा उपचारका लागि विदेश जान लागेकाले यस्तो व्यवस्था गरिएको हो ।

जेनजी आन्दोलनको झडपमा घाइते भएपछि देउवा मंगलबार पहिलोपटक सार्वजनिक भएका थिए । देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।