१० श्रावण २०८३, आइतबार

प्रधानमन्त्रीका अर्का सारथी ठगी र चेक बाउन्सका अभियुक्त, संस्थाहरुलाई ‘टुहुरो’ पार्न के गर्दै थिए ?

प्रधानमन्त्रीका अर्का सारथी ठगी र चेक बाउन्सका अभियुक्त, संस्थाहरुलाई ‘टुहुरो’ पार्न के गर्दै थिए ?



काठमाडौँ । जेनजी आन्दोलनपछि दुई दिनमा माथापच्चिसी छिचोलेर ‘किङ मेकर’ बनेका सुधन गुरुङले २६ भदौको राती शितल निवासमा जब हात उठाए, उनको देब्रेहातले प्रधानमन्त्री सुशिला कार्काीको हात थामेको थियो भने दाहिने हात अर्जुनबहादुर शाहीको हातसँग कसिएको थियो ।

अछाम घर भएका यी २६ वर्षे लक्काजवान ठिटोलाई तस्वीरमा झ्वाट्ट हेर्दा एकदम इमानदार र भलाद्मी देखिन्छन् । प्रधानमन्त्रीको सपथग्रहणमा राष्ट्रपति भवन पुगेको र त्यसमा पनि अग्रपंक्तिमा देखिएका उनीमाथि सुरुमा त धेरैले हेक्का गरेका थिएनन् ।

धेरैको ध्यान सुधन गुरुङ र उनका राजनीतिक समझ नै कमजोर रहेको देखिने तर्कहरुमा धेरैको ध्यान गयो । तर सरकार बनेको एक महिना पुग्न थाल्दा एकाएक निवर्तमान प्रधानमन्त्री र गृहमन्त्री लगायतलाई गिरफ्तार गर्नेदेखि संवैधानिक निकायका प्रमुखहरुलाई हटाउने तयारी स्वरुप विभिन्न कदम चालिन थाले ।

यसै क्रममा सामाजिक सञ्जालमा यस्ता भिडियोहरु प्रशारित भए, जसमा जेनजी समूह भन्दै केही व्यक्तिले विभिन्न संवैधानिक निकाय, सार्वजनिक संस्थान र नियामक निकायका प्रमुखहरुलाई हप्किदप्कि गरेको, धर्काएको, धम्क्याएको र कतिपयलाई राजिनामा गर्न दबाब दिइरहेको देखिन्थे ।

यसरी संवैधानिक निकायदेखि नियामक र संस्थानसम्मलाई नेतृत्व बिहिन बनाउने रणनीतिमा राजिनामा दिन निर्देशन दिँदै हिँड्ने टोलिको नेतृत्व गर्ने व्यक्ति तिनै अर्जुनबहादुर शाही हुन् । पछिल्लो पल्ट नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई धम्क्याउँदै राजिनामा मागेका थिए ।

यसपछि उनको खोजिनिति हुन थाल्यो । यस्ता भिडियोहरु भाइरल हुँदै गर्दा उनै शाही भने बारम्बार गठी गरेको आरोप लागेका एक आरोपी देखिएको छ । मंगलबार विहानै उनी विभिन्न मुद्दा लागेका ठगी आरोपी भएको खबरहरु सामाजिक सञ्जालमा फैलिन थालेका थिए । दिउँसोबाट सञ्चारमाध्यमहरुले यसलाई थप पुष्टिसहित प्रकाशित गर्न थालेका छन् ।

अनलाइनखबरका अनुसार यो सरकार बन्नुभन्दा ठीक एक वर्ष अघिदेखि शाहीविरुद्ध प्रहरीमा उजुरी पर्न थालेको थियो । त्यसयता कुल २९ लाख ३० हजार रुपैयाँको चेक बाउन्स भएको भनेर चारवटा उजुरी परेका छन् । काठमाडौँका महाराजगञ्ज, बौद्ध र स्वयम्भू वृत्तमा उजुरी परेको भनिएको छ । त्यतिमात्रै होइन, मानिसहरुलाई जापान पठाइदिन्छु भनेर ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा गत वैशाख २८ मा पक्राउ परेको खबरहरु आएका छन् ।

उनको राजनीतिक महत्वाकांक्ष पनि गज्जब देखिन्छ । पश्चिम नेपालको अछामका शाही १५ वैशाख २०८१ मा इलाम–२ को उपचुनावमा भाग लिन पुगेका थिए । त्यो चुनावमा सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुँदा प्रिन्टर चुनाव चिह्न लिएर स्वतन्त्र उमेदवार बनेका शाहीले ५५ मत प्राप्त गरेका थिए ।

यही राजनीतिक महत्वाकांक्षालाई पुरा गर्न उनले अहिले जेनजी आन्दोलनपश्चात् नेतृत्वदायी भूमिका खोजिरहेको भनेर सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरु भएका छन् ।

यसले ७४ जनाको बलिदानी र सयौँ युवा तथा किशोरकिशोरी घाइते भएको जेनजी आन्दोलन ‘कस्ता मान्छेले कब्जा गरेछन्’ भनेर अहिले सामाजि सञ्जालमा विरोध हुन थालेको छ । मन्त्री परिषदमा सुदुरपश्चिमको प्रतिनिधित्व माग गर्दै अनसनमा बसेका युवालाई भेट्न मंगलबार माइतिघर मण्डला पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले पनि ‘म नै राज्य हूँ’ भनेस्तो गर्नेहरुलाई कारबाही हुने बताएका थिए ।

उनको लक्ष्य पनि तिनै किङमेकर अर्थात् ‘देशको संविधान फाल्ने की राख्ने भनेर दोधारमा भएका’ सुधन गुरुङ र ‘लाखौँ रुपैयाँ ठगी गरेपछि अहिले जेनजीको नाममा धम्क्याउन थालेको’ भनेर आरोप लागेका शाहीहरुतिरै सोझिएको हुनसक्ने अड्कलबाजी सुरु भएको छ ।

प्रहरी वृत्त महाराजगंजले वैदेशिक रोजगार विभागलाई गत वैशाखमा लेखेको पत्र :