भदौ मसान्तसम्म सरकारको खातामा साढे २ खर्ब भन्दा बढी नगद मौज्दात
भदौ मसान्तसम्म सरकारको खातामा साढे २ खर्ब भन्दा बढी नगद मौज्दात
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनासम्म सरकारको खातामा २ खर्ब ५५ अर्ब ६१ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ ।
२०८२ असार मसान्तमा ती खातामा यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ रहेको थियो।













