११ श्रावण २०८३, सोमबार

मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा

मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा



काठमाडौं ।मेलम्ची खानेपानी आयोजनाको काठमाडौं अनामनगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।

मंगलबार साँझ गरिएको छापामा अख्तियारको टोलीले आयोजनासँग सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको छ । आयोजनामा प्रयोग हुने पाइपहरूको खरिद र वितरणमा अनियमितता भएको सूचनाका आधारमा छापा मारिएको हो ।

पाइप बिक्री वितरणमा ठूलो मात्रामा भ्रष्टाचार भएको आशंका गरिएको छ । अख्तियारले अनुसन्धान अघि बढाएको छ ।