एमालेको ११ औं महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने तयारी
काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा मिति र स्थान प्रस्ताव गरेका हुन् ।
तीन दिनसम्म चल्ने बैठकले औपचारिक निर्णय लिनेछ भने अहिले प्रस्तावमाथि छलफल जारी छ । यता, पार्टीभित्र अध्यक्ष ओलीको नेतृत्व परिवर्तनको चर्चा चुलिएको छ । तर, ओलीले सामाजिक सञ्जालको टिप्पणीका आधारमा होइन, पार्टी निर्णय अनुसार मात्र नेतृत्व छाड्ने प्रष्ट पारेका छन् ।














