२५ सयकाे बिन्दुमा नेप्से, कारोबार रकम पनि खुम्चियाे
काठमाडौं । बुुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार १९.४३ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूच आज पनि २२.५८ अंकले घटेको हो ।
आज ०.८९ प्रतिशतले घटेको नेप्से २५ सय ५ दशमलव ५८ बिन्दुमा झरेको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ३१७ कम्पनीको ६४ लाख ४९ हजार ८८६ कित्ता सेयर ३ अर्ब १० करोड १८ लाख ३० हजारमा रूपैयाँमा कारोबार भएको छ ।
हिजो ३१५ कम्पनीकाे ६४ लाख ४९ हजार ८८६ कित्ता सेयर ३ अर्ब ३६ कराेड ६१ लाख ९८ हजारमा रूपैयाँमा काराेबार भएकाे थियो ।
यसदिन म्युच्युअल फण्डबाहेक सबै समुहकाे सेयर मूल्य घटेकाे छ । आज सबैभन्दा बढी व्यापा समुहकाे सेयर २.०९ प्रतिशतले घटेकाे छ ।













