व्यापारमा पारदर्शिता बढाउन हलेसी डेकोरले लागु गर्याे ई-बिल प्रणाली
काठमाडौं । हलेसी डेकोरले विगत १५ वर्षदेखि कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानि, बेडसिटलगायतका घर तथा कार्यालय सजावट सामग्रीहरू ग्राहकको चाहना र बजेटअनुसार उपलब्ध गराउँदै आएको छ ।
लगातार १५ वर्षको सफल सेवापछि कम्पनीले अब व्यापारिक इमानदारी र पारदर्शितालाई अझ सबल बनाउन डिजिटल कम्प्युटराइज्ड बिल प्रणाली लागू गरेको औपचारिक घोषणा गरेको छ ।
“व्यापारमा इमान्दारित्ता, हाम्रो प्रतिवद्धता” भन्ने मूल सन्देश सहित सुरु गरिएको अभियानअन्तर्गत अब प्रत्येक कारोबार कम्प्युटर–जेनरेटेड बिलमार्फत हुनेछ र सबै सामानमा एमआरपी स्पष्ट रूपमा उल्लेख गरिनेछ। यसले ग्राहक र कम्पनीबीचको कारोबार सुरक्षित, प्रमाणित र विश्वासिलो बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
हलेसी डेकोरले १५ वर्षको अनुभव, उचित मूल्य, ग्राहकअनुकूल सेवा र “बिक्री पछिको सेवा हाम्रो जिम्मेवारी” भन्ने अडानका साथ पारदर्शी व्यापारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।













