सुन तस्करी प्रकरण : महरालाई थुनामा पठाउन अदालतको आदेश
सुन तस्करी प्रकरण : महरालाई थुनामा पठाउन अदालतको आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
महरा आइतबार इलेक्ट्रोनिक चुरोट (भेप मार्फत सुन तस्करी गरिरहेको आरोपमा पक्राउ परेका थिए । उनीमाथि चिनियाँ तस्करी सञ्जालसँग मिलेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन भित्र्याएको आरोप छ ।
उक्त प्रकरणमा महराका छोरा राहुल पहिले नै पक्राउ परेका थिए । अनुसन्धानमा उनको नाम सम्बन्धित व्यक्तिसँग फोन सम्पर्क र विमानस्थल भन्सार कार्यालयमा दबाब दिने प्रमाणसमेत फेला परेको बताइएको छ ।













