१० श्रावण २०८३, आइतबार

कामना सेवा विकास बैंककाे नगद लाभांश शेयरधनीको खातामा जम्मा

कामना सेवा विकास बैंककाे नगद लाभांश शेयरधनीको खातामा जम्मा



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना शेयरधनीको खातामा ५.७८९५ प्रतिशत नगद लाभांश जम्मा गरेकाे छ ।

बैंककाे असोज २४ गते सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश शेयरधनीको खातामा जम्मा गरे पनि १० प्रतिशत बोनस शेयर भने नेप्से र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भएपछि मात्रै डिम्याट खातामा जम्मा गरिने जानकारी दिएकाे छ ।

यदि कुनै शेयरधनीले आफ्नो डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएको भए यथाशीघ्र गर्न समेत बैंकले आग्रह गरेको छ।

असोज ७ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीको हकमा भने ऋण लिएको बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा ऋण फुकुवा पत्र प्राप्त भएपछि मात्रै बैंक खातामा पठाइने जनाएको छ।