नारायणी डेभलपमेन्ट बैंकको १ हजार ११७ कित्ता संस्थापक शेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको १ हजार ११७ कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएकाे छ । बैंकले सेयरधनीको नाममा रहेको १ हजार ११७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हाे।
बैंकले हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको छ।
इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित भरतपुरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयरको विवरण खुलाएर निवेदन दिनु पर्नेछ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।













