एमाले केन्द्रीय कमिटीको बैठक सुरु
एमाले केन्द्रीय कमिटीको बैठक सुरु
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको हाे ।
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेएको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी रहने एमालेका एक नेताले बताए । आज करिब एक सय जनाले धारणा राख्ने अनुमान गरिएको छ ।
बैंठककाे पहिलो दिन बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए ।
बुधबारको बैठकमा अध्यक्ष ओलीले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।
बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने तय भएको छ । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्टजवाफ दिनेछन्।













