सानिमा मिडिल तमोर हाइड्रोपावरकाे स्वतन्त्र सञ्चालकमा सुबास चन्द्र सुनुवार नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सानिमा मिडिल तमोर हाइड्रोपावरकाे स्वतन्त्र सञ्चालकमा सुबास चन्द्र सुनुवार नियुक्त



काठमाडाैं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको स्वतन्त्र सञ्चालकमा सुबास चन्द्र सुनुवार नियुक्त भएका छन् ।

कम्पनिकाे असाेज २९ बुधबार सम्पन्न दशौ वार्षिक साधारण सभाले सुनुवारलाई आगामी ४ वर्षको कार्यकालका लागि कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेकाे हाे ।

सुनुवारले भूगर्भ शास्त्रमा स्नातकोत्तर उपाधि तथा सम्बन्धित विषयमा तीन दशक भन्दा बढीको कार्यअनुभव हासिल गरेका छन्।

कम्पनीले सुनुवारलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकाे जानकारी नेप्सेलाई जानकारी गराएकाे छ ।


प्रतिक्रिया दिनुहोस्