एकैदिन २००० रूपैयाँ बढेर सुनकाे मूल्य प्रतिताेला २ लाख ५० हजार नाघ्याे - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एकैदिन २००० रूपैयाँ बढेर सुनकाे मूल्य प्रतिताेला २ लाख ५० हजार नाघ्याे



काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । हिजाे ताेलामा ४०० रूपैयाँ बढेकाे सुनकाे मूल्य आज एकैदिन प्रतिताेला २००० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९०० रूपैयाँ निर्धारण भएको छ ।

हिजो छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रूपैयाँ बढेको छ । चाँदीको भाउ बुधबार प्रतितोला ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्