२९ राजनीतिक दलसँगको छलफलपछि निर्वाचन बारे के भन्छन् आयोग ?
२९ राजनीतिक दलसँगको छलफलपछि निर्वाचन बारे के भन्छन् आयोग ?
काठमाडौं । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप निर्वाचन आयोगले २९ राजनीतिक दलसँग छलफल गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूसँग आयोगले बिहीबार संयुक्त बैठक गरेको हो ।
बैठकमा सहभागी दलहरूले निर्वाचन तोकिएको मितिमै सम्पन्न गर्न सरकार र आयोगबीच निरन्तर समन्वय गर्न सुझाव दिएका छन् । साथै, चुनाव निष्पक्ष, भयरहित र कम खर्चिलो बनाउने प्रस्तावसमेत राखिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले यो निर्वाचन सामान्य आवधिक चुनावभन्दा भिन्न परिस्थितिमा हुन लागेको भन्दै सबै दललाई सक्रिय सहभागिता जनाउन आग्रह गरे ।
उनले सरकारले आवश्यक शान्ति सुरक्षा, स्रोत र साधनको प्रवन्ध गर्न प्रतिबद्धता जनाएको जानकारी पनि दलहरूलाई गराएका थिए । बैठकमा आयुक्तहरू डा. जानकी कुमारी तुलाधार, सगुन सम्शेर जबरा, सचिव महादेव पन्थलगायतको उपस्थिति थियो ।














