ऋण सीमा हटाउनदेखि कर सुधारसम्म, लगानीकर्ताले राखे राष्ट्र बैंकसमक्ष ९ माग
काठमाडौं । पुँजी बजारमा चलिरहेको सुस्तता र लगानीकर्ताको मनोबल घट्दै गएको भन्दै सेयर लगानीकर्ताका पाँच संघ–संस्थाले नेपाल राष्ट्र बैंकमा ९ बुँदे मागपत्र बुझाएका छन् ।
नेपाल सेयरधनी संघ, जनरल इन्भेष्टर्स एसोसिएसन, साधारण लगानीकर्ता संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र सेयर बजार लगानीकर्ता संघले संयुक्तरूपमा शुक्रबार गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष माग राखेका हुन् ।
हाल गभर्नर पौडेल विदेश भ्रमणमा रहेकाले मागपत्र डेपुटी गभर्नर निलम ढुंगानाले ग्रहण गरिन् । संघ–संस्थाहरूले राष्ट्र बैंकले पुँजी बजारमा सकारात्मक हस्तक्षेप गर्नुपर्ने आवश्यकता औंल्याउँदै ऋण सीमा खुकुलो पार्न, लाभांश वितरणमाथिको सीमा हटाउन, र पुँजीगत लाभकर प्रणालीमा सुधार गर्न जोड दिएका छन् ।
यसअघि बिहीबार लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पनि १२ बुँदे छुट्टै मागपत्र बुझाएका थिए ।
यस्ता छन् मागहरु :
















