भाईटीकाको दिन बाहेक तिहारमा भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन
भाईटीकाको दिन बाहेक तिहारमा भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन
काठमाडाैं । नेपाल राष्ट्र बैंकले भाईटीकाकाे दिन (असाेज ६ गते) बाहेक तिहार बिदाकाे अरू सबै दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ्ग सेवाहरु सुचारु राख्न निर्देशन दिएकाे छ ।
व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनको लागि राष्ट्र बैंकले आवश्यक बैंकिङ्ग सेवा सुचारु गर्न निर्देशन दिएकाे हाे ।
राष्ट्र बैंकले सुचना जारी गर्दै इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ताे निर्देशन दिएकाे छ।
‘नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभागको मिति २०८२-०६-३० को पत्रबाट व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनको लागि आवश्यक बैंकिङ्ग सेवा सुचारु गर्न अनुरोध भएबमोजिम तिहारको भाइटीकाको दिन (मिति २०८२-०७-०६ गते) बाहेक तिहार विदाको अरु सबै दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ्ग सेवा सुचारु गर्ने व्यवस्था गर्न/गराउनु हुन यो सूचना जारी गरिएको छ’ सुचनामा भनिएकाे छ ।













