७ श्रावण २०८३, बिहिबार

कर्णाली याक्सकाे सह-प्रायोजकमा नेबिको लिमिटेड



काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको क्रिकेट टिम कर्णाली याक्स र नेबिको लिमिटेडबीच सह-प्रायोजन सम्झौता भएकाे छ ।

नेबिकोका तर्फबाट कम्पनीका म्यानेजिङ डाइरेक्टर अशोक पोखरेल, सिईओ होम न्यौपाने, मार्केटिङ हेड अरुण पौडेल र कर्णाली याक्सका तर्फबाट संस्थाका एमडी गृहेन्द्र घिमिरे र सह-प्रशिक्षक राजु बस्न्यातको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।

नेबिको नेपालको पहिलो बिस्कुट उत्पादक हो, जसले ६ दशक भन्दा बढी समय देखि नेपाली बजारको स्वाद अनुसार विभिन्न स्वस्थकर प्राेडक्टहरु लिएर आएको छ ।

बिस्कुट, कुकीज, कन्फेक्सनरी र ब्रेकफास्ट सिरियलहरू उत्पादन एवम बिक्री–वितरण गर्दै आएको कम्पनीले नेपाली क्रिकेट टिम कर्णाली याक्स सँग जोडिदै गर्दा नेपाली क्रिकेट जगतलाई प्रवर्धन गर्ने अवसरका रूपमा लिएको जनाएको छ।

अन्त्यमाः कर्णाली याक्सलाई सफलताको शुभकामना साथै समग्र नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्