१० श्रावण २०८३, आइतबार

जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु, २२ जना प्रदर्शनकारी रहेको पुष्टि

जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु, २२ जना प्रदर्शनकारी रहेको पुष्टि



काठमाडौं । गत भदौ २३ र २४ गते देशभर उग्ररुपमा फैलिएको जेनजी आन्दोलनका क्रममा भएका मृत्युका विषयमा नेपाली सेनाले आधिकारिक विवरण सार्वजनिक गरेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले ७६ जनाको ज्यान गएको पुष्टि गरेको हो । यसमा २२ जना प्रदर्शनकारी रहेको सेनाले जनाएको छ ।

आन्दोलनमा ज्यान गुमाउनेहरूमध्ये तीन जना सुरक्षाकर्मी, १० जना कैदी र अन्य ४१ जनाको परिचय फरक वर्गका रहेको जनाइएको छ ।

जेनजी पुस्ताका युवाहरू र विद्यार्थीहरूले सामाजिक सञ्जालमार्फत देशव्यापी आन्दोलनको आह्वान गरेका थिए । सोही क्रममा भदौ २३ मा नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर १९ जनाको र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको थियो । आन्दोलनकारी र सुरक्षाकर्मीबीचका झडपले देशका विभिन्न भागहरूमा स्थिति तनावपूर्ण बनेको थियो ।