१० श्रावण २०८३, आइतबार

जेनजी आन्दोलन : १२८ व्यापारिक प्रतिष्ठान, ५९ वटा निजी निवास जले, राजनीतिक दल र सरकारी कार्यालय कति ?

जेनजी आन्दोलन : १२८ व्यापारिक प्रतिष्ठान, ५९ वटा निजी निवास जले, राजनीतिक दल र सरकारी कार्यालय कति ?



काठमाडौं । गत भदौ २३ र २४ गते देशभर उग्ररुपमा फैलिएको जेनजी आन्दोलनका क्रममा झन्डै डेढ सय व्यापारिक प्रतिष्ठानमा तोडफोड तथा आगजनी भएको छ ।

जेनजी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको आधिकारिक विवरण सार्वजनिक गर्दै नेपाली सेनाले यस्तो जाकनकारी गराएको हो ।

दुई दिन देशव्यापी चलेको आन्दोलनका क्रममा १२८ वटा व्यापारिक प्रतिष्ठानमा आगजनी तथा तोडफोड भएको जनाएको छ ।

यस्तै, २५९ वटा निजी निवासमा पनि तोडफोड र आगजनी भएका छन् । सेनाका अनुसार ६८८ वटा सरकारी कार्यालय, ३०७ वटा प्रहरी कार्यालय र १९८ वटा राजनीति दल पार्टी कार्यालयमा आगजनी भएको छ ।

सोही चरणमा ९७८ वटा हातहतियार हराएको तथा लुटिएको उल्लेख छ । तर, हालसम्म ५८६ वटा मात्रै बरामद (फिर्ता) भएका छन् ।

यता, आन्दोलन चर्किएकै बेला १५ हजार ५८८ कैदीकन्दी फरार भएका छन् । तीमध्ये ८ हजार ७९९ फिर्ता आएका छन् भने बाँकी अझै फरार नै रहेको तथ्याङ्क छ ।