निगमले तिहार बिदामा पनि पेट्रोलियम पदार्थ वितरण गर्ने, यी हुन् खुला रहने डिपो
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि तिहार तथा छट बिदामा डिपोहरू खुला राख्ने भएको छ ।
बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन देशभरिका डिपो र कार्यालयबाट स्थानीय आवश्यकताका आधारमा सार्वजनिक बिदामा पनि डिपोहरू खुला राख्ने भएकाे हाे ।
निगमका अनुसार कार्तिक ४ र ७ गते काेशी प्रदेशीक कार्यालय विराटनगर, कार्तिक ३, ४ र ८ गते मधेश प्रादेशीक कार्यालय अमलेखगञ्ज, कार्तिक ४ र ७ गते बागमति प्रादेशीक कार्यालय थानकाेट, कार्तिक ३, ४ र ८ गते गण्डकी प्रादेशिक कार्यालय, पोखराबाट पेट्रोलियम पदार्थको बिक्रि वितरण गरिने छ ।
यस्तै लुम्बिनी प्रादेशिक कार्यालय भैरहवामा कार्तिक ३, ४ र ८ गते खुला रहने छ भने ४ र ७ गते कर्णाली प्रादेशीक कार्यालय सुर्खेत र कार्तिक ४ र ७ गते सुदुरपश्चिम प्रादेशीक कार्यालय धनगढी खुला रहने व्यवस्था मिलाइएको छ।
यस्तै बिदा अवधिमा शाखा कार्यालय चारआली, इन्धन डीपाे धनुषा र नेपालगञ्ज, शाखा कार्यालय विरगञ्ज, इन्धन डिपाे दाङ र शाखा कार्यालय दिायल पेट्रोलियम पदार्थको वितरणका लागि खुला रहने छन् ।














