कीर्तिमानी उचाईबाट झर्यो सुनको भाउ, एकैदिन ४८ सय रुपैयाँ सस्तियो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कीर्तिमानी उचाईबाट झर्यो सुनको भाउ, एकैदिन ४८ सय रुपैयाँ सस्तियो



काठमाडौं । कीर्तिमानी उचाईबाट सुनको भाउ तल झरेको छ । आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घटेको हो ।

गत शुक्रबार २ लाख ५८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन हालसम्मकै उच्च हो । तर, आज भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासँंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ हजार रुपैयाँ घटेर ३ हजार २७५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्