निगमले बुझायो असोजसम्म ५३ करोड किस्ता
काठमाडौं । नेपाल वायुसेवा निगमले न्यारोबडी र वाइडबडी जहाज खरिदका लागि लिएको ऋणमध्ये असोज मसान्तसम्मको ५३ करोड ९ लाख रुपैयाँ बराबरको किस्ता भुक्तानी गरेको छ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये न्यारोबडी जहाजको किस्ता पूरा र वाइडबडीको आंशिक भुक्तानी गरेको हो ।
निगमका अनुसार हालसम्म जहाज खरिद सम्बन्धी ऋणतर्फ ८ अर्ब ४५ करोड रुपैयाँ बराबरको किस्ता रकम भुक्तानी गरिसकिएको छ ।














