सुनको मूल्य आज एकैदिन ११ हजार ६ सय रूपैयाँ घट्यो, कति पुग्यो तोलाको ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सुनको मूल्य आज एकैदिन ११ हजार ६ सय रूपैयाँ घट्यो, कति पुग्यो तोलाको ?



काठमाडाैं । आइतबार नेपाली बजारमा सुनकाे मूल्यमा भारी गिरावट आएकाे छ । आज एकैदिन सुनकाे मूल्य ११ हजार ६०० रूपैयाँले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्यउ प्रतिताेला २ लाख ४१ हजार ९ सय रुपैयाँमा झरेकाे छ ।

गत कार्तिक ३ गते छापावाल सुनकाे मूल्य ताेलाकाे २ लाख ५३ हजार ५०० रूपैयाँ निर्धारण भएकाे थियाे । त्यसयता सार्वजनिक बिदा परेकाले सुनको नयाँ मूल्य नतोकिएको हो।

यस्तै आज चाँदीको भाउ पनि तोलामा २६५ रुपैयाँले घटेको छ । यससँगै चाँदी ३ हजार १५ रुपैयाँ कायम भएको छ। गत कात्तिक ३ गते चाँदी ३ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।


प्रतिक्रिया दिनुहोस्