ताेलामा २९०० रूपैयाँ घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ताेलामा २९०० रूपैयाँ घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य निरन्तर घटिरहेकाे छ । आज एकैदिन सुनकाे मूल्य प्रतिताेला २९०० रूपैयाँले घटेकाे छ ।

यस साता आइतबार ११ हजार ६०० रूपैयाँले घटेको सुनको मूल्य सोमबार पनि २००० रूपैयाँले घटेको थियो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ३७ हजार रुपैयाँमा झरेको छ । सोमबार छापावाल सुनको मूल्य  २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएकाे थियाे ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि तोलामा ६० रूपैयाँ घटेको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्