१० श्रावण २०८३, आइतबार

व्यक्तिगत लाभ होइन, देश रूपान्तरणकै लक्ष्य लिएर राजनीतिमा आएको हुँ: विनोद चौधरी

व्यक्तिगत लाभ होइन, देश रूपान्तरणकै लक्ष्य लिएर राजनीतिमा आएको हुँ: विनोद चौधरी



काठमाडौं । नेपाली कांग्रेसका नेता था उद्योगपति विनोद चौधरीले जेनजी आन्दोलन कुनै आकस्मिक घटना नभइ दशकौँदेखि थुप्रिएको विकासप्रतिको निराशा र राज्यको बेवास्ताको प्रतिफल भएको बताएका छन् ।

चौधरीले सधैं आर्थिक विकासलाई राज्यको मूल एजेन्डा बनाउनुपर्छ भनेर जोड दिँदै आएको तर दुर्भाग्यवश, युवाको मनमा अब देश बन्छ भन्ने आशा मर्दै गएको भन्दै दुख व्यक्त गरे ।

उनले भने ‘जेनजीको आवाज उत्पीडनविरुद्धको हो, उनीहरूको चाहना हो– करप्सनको अन्त्य होस्, सुशासन कायम होस् र विधिको शासन रहोस्। यो सपना मेरो पनि हो।’

उनले आफु व्यक्तिगत लाभका लागि नभएर देश रूपान्तरणको आकांक्षा लिएर राजनीतिमा लागेको स्पष्ट पारे ।

तसर्थ अब स्वार्थरहित मन र ईमानदार नेतृत्वसहित अगाडि बढ्ने समय आएकोले जेनजीको भावनाको कदर गर्दै समृद्ध नेपालको सपना साकार पार्न आह्वान गरेका छन् ।