फरि घट्याे सुनकाे मूल्य, चाँदीमा ४५ रूपैयाँ वृद्धि - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

फरि घट्याे सुनकाे मूल्य, चाँदीमा ४५ रूपैयाँ वृद्धि



काठमाडौं। बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजाे एकैदिन ताेलामा २९ सय रूपैयाँले घटेकाे सुनकाे मूल्य आज पनि ७०० रूपैयाँ घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँ पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्