गाजामा इजरायली सैनिकको भिषण आक्रमण, २४ बालबालिका सहित ६३ जना मारिए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गाजामा इजरायली सैनिकको भिषण आक्रमण, २४ बालबालिका सहित ६३ जना मारिए



काठमाडौं । अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौता तोड्दै इजरायलले गाजामा भिषण आक्रमण गरेको छ ।

मंगलबार रातिदेखि इजरायली सेनाले गरेको आक्रमणमा गाजामा कम्तीमा ६३ जनाको मृत्यु भइससको अलजजीराले लेखेको छ । मृतकमध्ये २४ जना बालबालिका र केहि महिला रहेका छन्।

यो आक्रमण इजरायलले आफ्ना एक सैनिकको हत्या र मृत बन्धक खोजको नाटक गरेको भन्दै आक्रमण गरेको हो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सेनालाई तत्काल र शक्तिशाली आक्रमण गर्न निर्देशन दिएका थिए ।

हमासले यस आक्रमणलाई आपराधिक बमबारी भन्दै निन्दा गरेको छ र यसले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको छ। हमासले इजरायली सैनिकमाथि आक्रमण गरेको अस्वीकार गर्दै युद्धविरामप्रतिको प्रतिबद्धता दोहो¥याएको छ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिक मारिएपछि इजरायलले प्रतिकार गरेको भन्दै युद्धविराम जोखिममा नपर्ने बताए । हमासले आफूलाई संयमित राख्नुपर्ने ट्रम्पको टिप्पणी छ ।

मंगलबार सार्वजनिक गरेको ड्रोन भिडियोमा हमासका लडाकुहरूले गाजामा सेतो कपडामा बेरिएको शव गाड्दै र त्यसपछि रेडक्रसका प्रतिनिधिको उपस्थितिमा पुनः निकाल्दै गरेको देखिएको दाबी गरिएको छ।

इजरायलले २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा युद्ध सुरु गरेको हो। त्यस घटनामा १,२०० भन्दा बढी इस्रायली मारिएका थिए र २५१ जना बन्धक बनाइएका थिए।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता कम्तीमा ६८,५२७ प्यालेस्टिनी मारिएका छन् र १ लाख ७० हजारभन्दा बढी घाइते भएका छन्। हजारौं मानिस अझै भग्नावशेषभित्र बेपत्ता छन्।


प्रतिक्रिया दिनुहोस्