१० श्रावण २०८३, आइतबार

जेनजी आन्दोलन छानबिन आयोगका पदाधिकारीविरुद्ध रिट, सर्वोच्चको कारण देखाऊ आदेश

जेनजी आन्दोलन छानबिन आयोगका पदाधिकारीविरुद्ध रिट, सर्वोच्चको कारण देखाऊ आदेश



काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्वेश्वरप्रसाद भण्डारीलाई कारण देखाउन आदेश दिएको हो । साथै विपक्षीलाई छलफलका लागि अदालतमा उपस्थित हुन पनि आदेश गरिएको छ ।

रिट निवेदक अधिवक्ता ढकालले आयोगका पदाधिकारीहरूले जाँचबुझको विषयमा सार्वजनिक रूपमा धारणा व्यक्त गर्दै पूर्वाग्रही व्यवहार देखाएको आरोप लगाएका छन् । उनले अन्तरिम आदेशमार्फत उनीहरूलाई काम गर्न रोक लगाउन माग गरेका थिए ।