घरजग्गा दलालको लाइसेन्स बाँड्दै सरकार, माग्यो निवेदन - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

घरजग्गा दलालको लाइसेन्स बाँड्दै सरकार, माग्यो निवेदन



काठमाडौं । सरकारले अब तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको लागि लाइसेन्स लिन दरखास्त आह्वान गरेको हो ।

विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्रको रूपमा घोषणा गरेको छ । एक पटकमा तीन करोड रूपैयाँभन्दा बढीको कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत निवेदन पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्