१० श्रावण २०८३, आइतबार

काठमाडौं उपत्यका भित्र भएका अवैध संरचना सात दिन भित्र हटाउन महानगरको अल्टिमेटम

काठमाडौं उपत्यका भित्र भएका अवैध संरचना सात दिन भित्र हटाउन महानगरको अल्टिमेटम



काठमाडौं । काठमाडौंका अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना खालि गर्न वा हटाउन सात दिने अल्टिमेटम दिइएकाे छ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले संयुक्त सूचना जारी गर्दै सात दिनभित्र यस्ता संरचना हटाउन निर्देशन दिएका हुन्।

सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए/गरेका कार्यहरू ७ दिनभित्र हटाउन सूचनामा भनिएकाे छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने चेतावनी समेत दिइएको छ।

गत असोज २ गते बसेको महानगरपालिका र प्राधिकरणको संयुक्त बैठकले आज सार्वजनिक सूचना जारी गरी अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खानी गर्ने/हटाउने निर्णय गरेको थियो।