सुनको ओरालो यात्रामा ब्रेक, शुक्रबार प्रतितोला २७०० रूपैयाँ बढ्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सुनको ओरालो यात्रामा ब्रेक, शुक्रबार प्रतितोला २७०० रूपैयाँ बढ्यो



काठमाडाैं । आइतबारदेखि लगातार ४ दिन घटेको सुनको मूल्य शुक्रबार पुन महँगिएको छ । नेपाली बजारमा आज एकैनिद सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेको छ । बिहिबार भने सुनकाे मूल्य स्थिर रहेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला २ लाख ३९ हजार रुपैयाँ कायम भएको छ।हिजाे छापावाल सुन स्थिर रहँदै तोलाको २ लाख ३६ हजार ३०० रुपैयाँ निर्धारण भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी आज तोलामा ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।


प्रतिक्रिया दिनुहोस्