अमेरिकी केन्द्रीय बैंकले ३ वर्षयताकै न्यूनमा झार्‍यो ब्याजदर, तर सटडाउनले अन्यौलमा फेड - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिकी केन्द्रीय बैंकले ३ वर्षयताकै न्यूनमा झार्‍यो ब्याजदर, तर सटडाउनले अन्यौलमा फेड



काठमाडौं । अमेरिकी फेडरल रिजर्भले यस वर्ष दोस्रो पटक ब्याजदर कटौती गरेको छ। अमेरिकी सरकारको शटडाउन ९बन्द० करिब एक महिना पुग्न लागेको परिस्थितिमा केन्द्रीय बैंकले ब्याजदर घटाउने निर्णय गरेको हो।

बुधबार फेडले आफ्नो प्रमुख ऋण ब्याजदर लक्ष्य ०.२५ प्रतिशत अंकले घटाएर ३.७५ प्रतिशतदेखि ४ प्रतिशतको दायरामा झारेको घोषणा गरेको छ। गत महिनामात्र फेडले गत डिसेम्बरपछिको पहिलोपटक ब्याजदर घटाएको थियो।

फेडको यो पछिल्लो कटौतीसँगै यसको प्रमुख ऋण ब्याजदरको लक्ष्य गत तीन वर्षयताकै सबैभन्दा न्यून स्तरमा पुगेको छ, जसले अमेरिकाभर ऋण लिने लागत घटाएको छ। रोजगारी दरमा आएको सुस्तताले फेडलाई गत सेप्टेम्बरमा ब्याजदर कटौती पुनः सुरु गर्न प्रेरित गरेको थियो। यस वर्ष बेरोजगारी दर केही बढेको फेडले जनाएको छ।

फेडरल रिजर्भभित्रको नीति विभाजन र संघीय सरकारका आर्थिक तथ्याङ्कको अभावले यस वर्ष थप ब्याजदर कटौतीको सम्भावना कमजोर पार्न सक्ने फेडका अध्यक्ष जेरोम पावेलले बताएका छन्। उनले रोजगारी बजारमा देखिएका जोखिमहरू स्वीकार गर्दै पनि, अर्थतन्त्रको पूर्ण तस्वीर नहुँदा थप ब्याजदर घटाउने निर्णय जोखिमपूर्ण हुने चेतावनी दिएका छन्।

उनका अनुसार, अमेरिकी अर्थतन्त्र हाल मिश्रित संकेतहरू दिइरहेको छ। आयको तल्लो तहका उपभोक्ताहरू दबाबमा रहेका छन् भने उच्च आय भएका उपभोक्ताहरू अझै सशक्त रूपमा खर्च गरिरहेका छन्। साथै, व्यावसायिक लगानीले आर्थिक वृद्धिलाई बल दिइरहे पनि, यसले रोजगारी वृद्धिमा खास प्रभाव नपारेको पावेलले बताएका छन्।

तर जारी सरकारी शटडाउनका कारण सेप्टेम्बर महिनाको आधिकारिक रोजगार प्रतिवेदन प्रकाशित हुन नसक्दा, केन्द्रीय बैंकका अधिकारीहरूलाई रोजगारी बजारको वर्तमान अवस्थाबारे स्पष्ट जानकारी लिन कठिन भएको बताइएको छ। निजी क्षेत्रको एडीपी पेरोल कम्पनीका तथ्याङ्क अनुसार, अमेरिकी अर्थतन्त्रले सेप्टेम्बरमा करिब ३२,००० रोजगारी गुमाएको छ।

यसबीच, श्रम विभागले गत हप्तामात्र सेप्टेम्बर महिनाको मुद्रास्फीति सम्बन्धी तथ्याङ्क सार्वजनिक गरेको थियो। उक्त दर वार्षिक आधारमा ३ प्रतिशत रहेको देखिएको छ, जुन अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा केही कम हो। यसले ब्याजदर निर्धारणकर्ताहरूले पुनः ऋण लागत घटाउने निर्णयमा जान सक्ने सम्भावना अझ बलियो बनाएको छ।

वर्षको सुरुवाततिर राष्ट्रपति डोनाल्ड ट्रम्पले देशका प्रमुख व्यापारिक साझेदारहरूमाथि व्यापक भन्सार शुल्क ९तबचषाक० लगाउने कदम उठाएपछि शुल्क–जन्य मुद्रास्फीतिको डर मुख्य विषय बनेको थियो।

हाल मुद्रास्फीति अझै पनि फेडको २ प्रतिशत लक्ष्यभन्दा माथि छ। तर शुल्कका कारण केही उपभोक्ता वस्तुहरूको मूल्य बढे पनि, सेप्टेम्बरमा देखिएको अपेक्षाभन्दा हल्का मुद्रास्फीति दरले फेडलाई ब्याजदर घटाएर रोजगारी बजार सुदृढ गर्न केन्द्रित हुन अनुमति दिएको छ।


प्रतिक्रिया दिनुहोस्