ओली र लेखकले चार भञ्ज्याङ काट्न नपाउने, सरकारलाई सर्वोच्चको साथ
ओली र लेखकले चार भञ्ज्याङ काट्न नपाउने, सरकारलाई सर्वोच्चको साथ
काठमाडौं । सरकारको अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई किन स्थानहद तोकिएको हो भन्ने कारण पेस गर्न सरकार र जाँचबुझ आयोगलाई निर्देशन दिएको हो ।
अधिवक्ता डा. प्रेमराज सिलवालले यो निर्णय कानूनी रूपमा गलत भएको दाबी गर्दै रिट दायर गरेका थिए ।
जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको आगजनी घटनाको छानबिनका लागि गठित आयोगको सिफारिसमा सरकारले ओली, लेखक र तत्कालीन काठमाडौं सीडीओ छविराज रिजाललाई उपत्यका बाहिर जान निषेध गर्ने निर्णय गरेको थियो ।
यस्तै, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि उस्तै निर्णय भएपनि सरकारी कामकाजका कारण उनको स्थानहद फुकुवा गरिएको छ ।













