२५ भदौ २०८३, बिहिबार

युनिक नेपाल लघुवित्तको डीसीइओमा आले



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत(डीसीइओ) हिरा बहादुर आले नियुक्ति भएका छन् ।

कम्पनीको गत बिहीबार (कात्तिक १३ गते) बसेको संचालक समितिको बैठकले आलेलाई डीसीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनी बाँकेको कोहलपुर नगरपालिका–११ का हुन् । उनको कार्यकाल आगामी मंसिर १ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ ।