नेपाल पुनर्बीमा कम्पनीको संचालकमा निरौला
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालकमा शरद निरौला नियुक्ति भएका छन् ।
सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै अर्थमन्त्रालयका उपसचिव निरौला कम्पनीको संचालकमा नियुक्ति भएका हुन् । कात्तिक १४ को कम्पनी संचालक समितिको बैठकको निणर्यानुसार निरौला पद बहाली भएका छन् ।











