चीनले खारेज गर्‍यो सुनमा दिँदै आएको भ्याट छुट, अन्तर्राष्ट्रिय बजारमा हलचल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चीनले खारेज गर्‍यो सुनमा दिँदै आएको भ्याट छुट, अन्तर्राष्ट्रिय बजारमा हलचल



काठमाडौं । चिनले लामो समयदेखि दिँदै आएको सुन सम्बन्धी कर छुट खारेज गरेको छ । यसले विश्वका प्रमुख मध्येकाे एक चिनियाँ उपभाेक्ताका लागि चुनाैति उत्पन्न गरेकाे छ ।

चीन सरकारले नोभेम्बर १ देखि लागू गरेको नयाँ नियमअनुसार बेइजिङ अब खुद्रा व्यवसायीहरूलाई शाङ्घाई गोल्ड एक्सचेन्जबाट खरिद गरिएको सुन सिधै बैच्दा वा प्रशोधन गरेर बेच्दा मूल्य अभिवृद्धि कर (भ्याट) कटौती गर्न अनुमति दिने छैन।

चीनको अर्थमन्त्रालयले जारी गरेको नयाँ प्रावधान उच्च शुद्धताका सुनका बार र इन्गटहरू, साथै चीनको केन्द्रीय बैंकद्वारा स्वीकृत सिक्का तथा गहना र औद्योगिक सामग्रीजस्ता गैर–निवेश प्रयोजनहरू दुवैमा लागू हुनेछ।

यो कदमले कमजोर अचल सम्पत्ति बजार र सुस्त आर्थिक वृद्धिका कारण दबाबमा परेको सरकारी राजस्व बढाउने प्रयासलाई सहयोग पु¥याउने अपेक्षा गरिएको छ। तर यसले चिनियाँ उपभोक्ताका लागि सुन किन्नु अझ महँगो बनाउने सम्भावना पनि बढाएको छ।

किन आयो सुनकाे मूल्यमा एकाएक उतार-चढाव ?

हालै विश्वभरका खुद्रा लगानीकर्ताहरूबीच देखिएको सुन किन्ने हतारोले सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको थियो। यसरी मूल्य अत्यधकि बढ्दा ठूला लगानीकताृउहरुले सुन बेच्न थाले भने त्यसपछि सुनको मूल्यमा उकाएक भारी गिरावट आयो ।

यसबाहेक, ठूला लगानीकर्ताहरूले प्रयोग गर्ने एक्सचेञ्ज–ट्रेडेड फण्ड (इटिएफ) मार्फत सुन किन्ने क्रम पनि घट्यो। सबैभन्दा बढी सुन खपत गर्ने भारतमा पनि चाडपर्वहरू सकिएपछि त्यहाँको मौसमी माग पनि घट्यो। त्यस्तै अमेरिका र चीनबीचको व्यापारिक तनाव केही घटेपछि सुनलाई “सुरक्षित लगानी”का रूपमा किन्नुपर्ने आवश्यकता पनि कम हुँदा सुनको मूल्यमा भारि गिरावट आयो ।

मूल्य घटेपनि सुनको भाउ अझै पनि उच्च बिन्दुमा छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४,००० अमेरिकी डलरको रेकर्ड नजिकै टिकिरहेको छ ।

एक वर्षभित्र सुनकाे मूल्य ५००० डलर पुग्ने !

आगामी दिनहरुमा सुनको मूल्य अझै बढ्ने देखिन्छ । धेरै देशका केन्द्रीय बैंकहरू अझै पनि ठूलो परिमाणमा सुन खरिद गर्दैछन्, जसले माग बढाउँछ भने मूल्य स्वतः वृद्धि हुन्छ ।

यस्तै अमेरिकाको केन्द्रिय बैंकले ब्याजदर घटाउँदै घटाउँदै गएको छ, जसले सुनमा लगानीलाइ आकर्षित गरीरहेको छ ।

यस्तै, विश्वभर राजनीतिक अस्थिरता र आर्थिक अनिश्चितता (जस्तै युद्ध र व्यापार युद्ध) अझै कायम छ, जसले सुनलाई सुरक्षित लगानीको रूपमा लोकप्रिय बनाइराखेको छ।

विज्ञहरुले आगामी एक वर्षभित्र सुनको मूल्य प्रति औंस ५,००० अमेरिकी डलर पुग्ने विश्लेषण गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्