गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् कात्तिक १८ गते बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।

बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ४.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त लाभांश पारित गर्न बैंकले कात्तिक २७ गते, बिहीबार, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको सभाले रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, छाप तथा लोगो परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्