३ आश्विन २०८३, शनिबार

साढे २ अर्ब लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे २ अर्ब बराबरको रकम लगानी गर्ने भएको छ ।

केन्द्रिय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६९ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ८ करोड, ‘ख’ वर्गका विकास बैंकमा ३९ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा १३ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

केन्द्रिय बैंकले २०२५ नोभेम्बर ९ देखि २०२६ अक्टोबर ९ सम्म ३३६ दिनका लागि मुद्दति निक्षेपको रुपमा लगानी गर्न लागिएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन् ।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी कात्तिक १८ गते साँझ ७ बजेसम्म बोलकबोल पेश गर्नुपर्नेछ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।