टेलिकमको बिलिङ ठेक्का विवाद : छानबिनका लागि उच्चस्तरीय समिति गठन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

टेलिकमको बिलिङ ठेक्का विवाद : छानबिनका लागि उच्चस्तरीय समिति गठन



काठमाडौं । नेपाल टेलिकमको बिलिङ ठेक्का विवाद बढ्दै गएपछि छानबिनका लागि सात सदस्यीय समिति गठन गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा समिति बनाएका हुन् ।

समितिमा मन्त्रालयका सहसचिवहरू गौरव गिरी, कृष्ण पन्त र आदेश खड्का सदस्य रहेका छन् । कानुन महाशाखा प्रमुख राजेश थापा सदस्यसचिवका रूपमा रहेका छन् भने नेपाल टेलिकमका कमल लामिछाने र नेपाल दूरसञ्चार प्राधिकरणका प्रदीप पौडेल सदस्य छन् ।

टेलिकमको बिलिङ ठेक्का प्रक्रिया स्वार्थ समूहको चलखेल र आन्तरिक विवादका कारण गिजोलिएपछि अध्ययनका लागि समिति गठन गरिएको हो । ठेक्का प्रक्रियामा अनियमितता, कीर्ते कागजात र कालोसूचीमा परेका कम्पनीलाई सहभागी गराएको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्