१० श्रावण २०८३, आइतबार

के आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेका हुन् कुलमान ?



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ नयाँ पार्टी दार्ता गर्ने भएका छन् । लामो छलफलपछि मन्त्री घिसिङ आफ्नै नेतृत्वमा पार्टी खोल्न लागिएको उनी निकट स्रोतले बताएको छ ।

पाटी खौलने पक्का भए पनि पार्टीको नामबारे भने अझै टुङ्गो लागिसकेको छैन । उज्यालो नेपाल र चुनाव चिह्न ‘बिजुलीको चिम’ राख्नेमा वृहत्त छलफल भइरहेको बताइएको छ ।

यद्यपी एक दुई दिनमै यसबारे पनि टुङ्गो लाग्ने स्रोतको दावी छ । नयाँ पार्टी भने कात्तिक १९ दार्ता हुनेछ ।

यसका लागि रास्वपाकी पूर्वसांसद सुमना श्रेष्ठ, इन्जिनियर सागर ढकाल, हामी नेपालका संस्थापक अध्यक्ष सुदन गुरूङ तथा केहि जेनजी युवाहरू समेत छलफलमा रहेको बताइएको छ । उनीहरु पनि पार्टीमा रहने छन् ।

काठमाडौं महानगरपालिकका मेयर बालेर पनि पार्टीमा रहने बहस चलेपनि उनी आउने नआउने बारे यकिन नभएको स्रोतले बतायो । कुलमान नेतृत्वको पार्टीमा बालेन आफै सहभागी नभए पनि बाहिरबाट समर्थन गर्ने बताइएको छ।

यद्यपी उनले आफ्नो छुट्टै पार्टी खोल्ने चर्चा समेत चुलिएको छ ।


प्रतिक्रिया दिनुहोस्