१० श्रावण २०८३, आइतबार

ट्रंक तथा डेडिकेटेड महशुल विवादः प्रधानमन्त्रीले मन्त्री र उद्याेगीलाई डाकिन् छलफलमा



काठमाडाैं । प्रधानमन्त्री शुशिला कार्कीले ट्रंक तथा डेडिकेटेड महशुल विवाद समाधानका लागि मन्त्री तथा उद्योगीलाई छलफलका लागि बाेलाएकी छन् ।

नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेडेट महशुलबापतको अतिरिक्त प्रिमिय शुल्क उद्योगहरुले समयमै नबुझाएको भन्दै विद्युत् लाइन काटेपछि विवाद समाधान गर्न प्रधानमन्त्री कार्कीले छलफल गर्न लागेकी हुन् ।

सोमबार ऊर्जामन्त्री कुलमान घिसिङ र पीडित उद्योगीहरुसँग प्रधानमन्त्रीले छलफल तथा संवाद गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएकाे छ ।

प्राधिकरणले २३ वटा उद्योगको विद्युत् लाइन काटेको छ । उद्योगीहरुले भने विद्युत् सेवा उपयोग नै नगरेको भन्दै महशुल नतिर्ने बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्