रवि भेट्न नख्खु कारागार पुग्यो जाँचबुझ आयोगको टोली
रवि भेट्न नख्खु कारागार पुग्यो जाँचबुझ आयोगको टोली
काठमाडौं । जाँचबुझ आयोगकाे टाेलीले नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ ।
गत भदाै २३ र २४ गते जेनजी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोग थुनामै पुगेर साेधपुछ गरेकाे हाे ।
यस्तै आयोगले नख्खु कारागारको निरीक्षण गर्नुका साथै कैदीबन्दीहरूसँग पनि सोधपुछ गरेको छ।
आन्दोलनकारीहरूको भीड नख्खु कारागार पुगेपछि लामिछाने कारागारबाट बाहिर निस्किएका थिए भने त्यसपछि अन्य कैदी पनि कारागारबाट भागर्न सफल भएकाे आरोप उनीमाथि लागेको छ ।
तर रास्वपा र रवि लामिछानेले नख्खु कारागारका जेलर सत्यराज जोशीको जारी गरेको पत्रका आधारमा लामिछाने थुनामुक्त भएको दाबी गरेका थिए ।
नख्खुका जेलर जोशीसँग सोधपुछ गरेको भोलिपल्ट आयोगले थुनामा रहेका लामिछानेसँग सोधपुछ गरेको हो ।













