त्रिवि क्रिकेट मैदान स्तरोन्नतिका लागि ४० करोडको बजेट सुनिश्चित
काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान स्तरोन्नतिका लागि ४० करोड रुपैयाँको बजेट स्रोत सुनिश्चित गरेको छ ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका पहलमा अर्थ मन्त्रालयले उक्त रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।
अर्थमन्त्रालयले तयार पारेको गत असोज मसान्तसम्मको सूचनाको हक सम्वन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको रंगशाला स्तरोन्नतिको जिम्मा शहरी विकास मन्त्रालयलाई दिइएको छ । मन्त्रालयका अनुसार ४० करोड रुपैयाँका लागि आवश्यक अख्तियारी प्रक्रिया पूरा भइसकेको छ ।













