जेनजी आन्दोलन : तोडफोड र आगजनीमा संलग्न १५९ जना काठमाडौंबाट पक्राउ - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

जेनजी आन्दोलन : तोडफोड र आगजनीमा संलग्न १५९ जना काठमाडौंबाट पक्राउ



काठमाडौं । गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा भएका तोडफोड र आगजनीमा संलग्न १५९ जनालाई काठमाडौंबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तीमध्ये ८२ जना अझै हिरासतमा छन् । बाँकी केही आरोपी तारेखमा छूटेका छन् भने केहीको मुद्दामा अदालतले आदेशसमेत दिएको छ ।

पक्राउ पर्नेहरूमा हत्यादेखि चोरी, हातहतियार खरखजना, कर्तव्य ज्यान, आपराधिक उपद्रव र अभद्र व्यवहारसम्मका आरोपीहरू रहेका छन् । आन्दोलनको क्रममा सरकारी प्रतिष्ठानदेखि व्यक्तिका नीजि सम्पत्तिमा समेत क्षति पुगेको थियो ।

अहिलेसम्म पाँच प्रहरी हत्या आरोपमा कारागार चलान भएका पाँचसहित आठ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्