१० श्रावण २०८३, आइतबार

पार्टी एकता विवादबीच जनार्दन शर्माको स्वतन्त्र अभियान सुरु



काठमाडाैं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ नामक नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन्।

मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले उक्त अभियान सार्वजनिक गरेका हुन्।

शर्माका अनुसार, यो अभियान पारदर्शिता, सामाजिक न्याय र उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग तथा समुदायका सवालमा प्रतिबद्ध रहने उद्देश्यले अघि बढाइएको हो।

पत्रकार सम्मेलनमा नेता शर्मासँगै माओवादी केन्द्रका नेता राम कार्की र अन्जना विशुंखे पनि उपस्थित थिए।

हाल माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत विभिन्न आठ दलरसमूहबीच पार्टी एकताको सहमति भएको छ। तर, शर्मा भने उक्त एकता प्रक्रियाप्रति असहमति जनाउँदै अलग अभियानमा उत्रिएका छन्।