माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले आज एकता घोषणा गर्दै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले आज एकता घोषणा गर्दै



काठमाडाैं । बुधबार माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीसहित ८ दलले एकता घोषणा गर्दैछन्।

आज दिउँसो १ बजे काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी केन्द्रबाट ८ दलले एकता घोषणा गर्न लागेका हुन्।

उक्त सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, चिरन सि, राजु कार्कीसहितका नेताहरूले सम्बोधन गर्नेछन्।८ राजनीतिक दलले आइतबार नै १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन्।

उनीहरूले चुनाव चिन्ह पाँच कुने तारा तोकिएकाे छ । पार्टीको सिद्धान्त मार्क्सवाद, लेलिनवाद हुने उल्लेख छ।

आगामी ६ हिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्