सिंगटी हाइड्रो इनर्जीकाे ५ प्रतिशत लाभांश घाेषणा
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठक कात्तिक १८ गते (मङ्गलबार) बसेर सो निर्णय गरेको हो।
बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मकाे वितरणयाेग्य मुनाफाबाट लाभांश वापत कम्पनीकाे हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँकाे ५ प्रतिशतका दरले हुन आउने १४ कराेड ५० लाख रूपैयाँ बाेनस सेयर वितरण गर्ने निर्णय गरेको छ।
साथै, बोनस सेयर वितरणका क्रममा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय पनि गरिएको कम्पनीले जनाएको छ।
लाभांश स्वरूप वितरण गरिने बाेनस सेयर साधारणसभाबाट पारित भएपश्चात वितरण गरीने छ।













