मकवानपुरको चित्लाङमा एनटी फाइबर सेवा विस्तार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मकवानपुरको चित्लाङमा एनटी फाइबर सेवा विस्तार



काठमाडौं। नेपाल टेलिकमले मकवानपुर जिल्लाको पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर सेवाको विस्तार गरेको छ ।

थाहा नगरपालिका(९ मा रहेको श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा २०८२ कार्तिक १८ गते टेलिफोन तथा इन्टरनेट सेवा सहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको सुरुवात भएको हो ।

ग्राहकवर्गको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थाहरुमा एफटीटीएच जडानको प्रकृया अगाडि बढिसकेको छ।

हाल रेडियो ब्याकहलबाट सेवाको सुरुवात गरिएकोमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमा नै फाइबर ब्याकहलबाट सेवाप्रवाह गरी टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना कम्पनीको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्